Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने जापानको घोषणा

एजेन्सी । जापानले थप १४० रुसी नागरिकको सम्पत्ति रोक्का गर्ने घोषणा गरेको छ ।

लण्डन पुगेका जापानका प्रधानमन्त्री फुमियो किशिदाले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटपछि यस्तो घोषणा गरेका हुन् ।

किशिदाले रुसले हिंसाको परिणाम भोग्नुपर्ने बताए । यसका साथै उनले रुसको आक्रामकता युरोपका लागि मात्र समस्या नभएको बताए ।

जापान र यसका सहयोगीहरूले इण्डो–प्यासिफिक क्षेत्रमा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने एकपक्षीय प्रयासलाई कहिल्यै सहन नहुने पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077