Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : आज बेलुकासम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

काठमाडौं । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने भएको छ । निर्वाचन आयोगका अनुसार मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।

आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो ।

यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताए ।

पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077