Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : दिल्लीसँग हैदराबाद २१ रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ ।

मुम्बईमा गएराति भएको खेलमा दिल्लीले हैदराबादलाई २१ रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । जितसँगै दिल्ली पाँचौँ स्थानमा उक्लिएको छ ।

दिल्लीले १० खेलमा १० अङ्क जोडेको छ । समान खेलमा हैदराबाद १० अङ्कका साथ छैटौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077