Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको चुनाव सभामा सर्प आएपछि....

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव सभामा सर्प आएपछि केही समय भागाभाग भएको छ।

चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका ओली भाषण गर्दा गर्दै सर्प आएपछि केही समय भागाभाग भएको थियो ।

मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। सुरुमा त उनले पछि नारा लगाउनु भन्दै आग्रह गरेका थिए। तर सर्प आएको थाहा पाएपछि ओली पनि केही समय चुपचाप बसेका थिए।

त्यस्तै सम्बोधनकै क्रममा प्राविधिकले अर्को माइक थप्छन्। जति चिच्याउँदा पनि सहभागीले नसुनेको भन्दै ओलीले प्राविधिकलाई हप्काउँछन्, 'ब्याटरी स्याटरी त डाउन भएन। चिच्याउँदा समेत सुनिँदैन।'दुइटा माइक जडान भएपछि ओलीले फेरि सम्बोधनलाई निरन्तरता दिन्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077