काठमाडौं। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भरतपुर नगरपालिका मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले उत्तेजनामा आएर उम्मेदवारी दिएको वताएका छन्। उनले आफ्नो कुरै सुन्न नै नचाहेको गुनासो गरे।
५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेता पौडेलले भने - 'हाम्रै केही साथीले केही प्रश्न उठाउनु भएको छ।
म उहाँहरूको उत्तरका लागि उपस्थित भएको छु। मैले बिहान मात्रै जगन्नाथ पौडेललाई बोलाएर संवाद गर्न चाहेँ। मैले केही कुरा गर्न सुरु गरेँ। तर उहाँहरू धैर्य राख्न सक्नु भएन। उहाँहरू चाँडै उठेर जानुभयो। उत्तेजनामा मात्रै उहाँहरू अहिले असन्तुष्टि व्यक्त गरेर उत्रेको जस्तो लाग्यो।
जगन्नाथ पौडेललाई ओली प्रवृत्ति विरुद्ध लड्नका लागि गठबन्धन बनाएको उनको जिकिर थियो। नेपाली कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नभइ ओली प्रवृत्तिसँग भएको पौडेलको तर्क थियो। ।