Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली सुदूरपश्चिममा, कैलाली र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गर्ने

धनगढी । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् ।

बिहीबार एमालेले कैलाली र कञ्चनपुरमा आयोजना गरेका चुनावी सभालाई सम्बोधन गर्न ओली यहाँ पुगेका हुन्। उनी सौर्य एयरलाइन्सको विमानबाट धनगढी पुगेका हुन् ।

एमाले कैलाली जिल्ला कमिटीका अनुसार अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् ।

बेलौरीको चुनावी सभा सकेर साँझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईको छ । तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077