Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भरतपुरका बागी उम्मेदवार जगन्नाथलाई रामचन्द्र पौडेलले भेटे

काठमाडौं । गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्न चितवन पुगेका कांग्रेस नेता रामचन्द्र पौडेल र भरतपूर महानगरापालिकामा बागी उम्मेद्वार जगन्नाथ पौडेलबीच छलफल भएको छ ।

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि रामचन्द्र र जगन्नाथबीच कुराकानी भएको हो ।

जगन्नाथ कांग्रेसले भरतपुर महानगरमा मेयर पाउनुपर्छ भन्ने पक्षमा थिए । तर यहाँ सत्तागठबन्धनले मेयरमा माओवादी केन्द्रकी रेनु दाहाललाई समर्थन गरेपछि उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

रामचन्द्रनिकट स्रोतका अनुसार आज बिहान होटल सिरागचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटासँग कुराकानी भएको छ। जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए ।

पौडेलको उमेदवारी फिर्ता गराउन भन्दै गृहमन्त्री बालकृष्ण खाण यसअघि नै भरतपूर पुगेर प्रयास गरेका थिए । तर, त्यो प्रयास असफल भएको थियो । पौडेलले आजै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेट्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077