Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम आउँदै, दुई जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आयोजना हुने चुनावी सभामा सहभागी हुने भएका छन् ।

उनी बिहान सौर्य एयरलाइन्सको नियमित उडानमार्फत् सुदूरपश्चिम आउन लागेका हुन् । एमाले कैलाली जिल्ला कमिटीका अनुसार अध्यक्ष ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाई बिहान साढे ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यहाँको चुनावी सभा सकेर उनी कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्न पुग्नेछन् । बेलौरीको चुनावी सभा सकेर साँझ ४ बजे कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताईको छ ।

तीनवटै स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गरेर ओली बिहीबार साँझै काठमाडौं फर्किने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077