Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मालपोत कार्यालय टोखाका खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाका खरिदार विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले टोखा, सरस्वती, काठमाडौंमा कार्यरत खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो ।

तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार घुस लिदै गरेको अबस्थामा गत बैशाख ४ गते पक्राउ गरेको थियो ।

अख्तियार तिवारीसँग २० हजार बिगो माग दावी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077