Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्वारा फेरि युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा आक्रमण

एजेन्सी । रुसले युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा फेरि आक्रमण गरेको छ । आइतवार केही गैरसैनिकको उद्धार गरिएकोमा आज फेरि हवाई आक्रमण गरेको युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस श्लेगाले जानकारी दिए ।

स्टिल उद्योगमा अझै सयौँ गैरसैनिक उद्धारको पर्खाइमा रहेका र उनीहरुको जीवन अत्यन्तै कष्टकर रहेको पनि उनले बताए ।

स्टिल उद्योगभित्र फसेकाहरुमा बालबालिका धेरै रहेका छन् । रुसले युक्रेनको मरिउपोलमा एउटा स्टिल उद्योगबाहेक सबै क्षेत्र कब्जा गरेको छ । स्टिल उद्योगलाई युक्रेनी सेनाले सेल्टर बनाएको छ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज युक्रेनको संसदमा सम्बोधन गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077