Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • निजी शिक्षण संस्थाको एउटै स्वर सरकारको दुईदिने बिदा कार्यान्वयन गर्न सकिँदैन

    निजी शिक्षण संस्थाको एउटै स्वर सरकारको दुईदिने बिदा कार्यान्वयन गर्न सकिँदैन

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । हप्तामा दुई दिन बिदा दिने निर्णय व्यावहारिक नभएको भन्दै निजी विद्यालयका तीन संस्थाले दुई दिन बिदा लागु नगर्ने जनाएका छन् । तर, शिक्षक महासंघले भने सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले अव्यावहारिक बिदा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । प्याब्सन र राष्ट्रिय प्याब्सन (एन प्याब्सन) ले सरकारको निर्णय कार्यान्वयन गर्न मुस्किल हुने जनाएको छ । प्याब्सनका अध्यक्ष



    डिके ढुंगानाले अव्यावहारिक विषयमा छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिए । उनले भने– ‘अधिकांश विद्यालयका विद्यार्थी हिँडेरै विद्यालय पुग्ने गरेका छन् । शहरका केही विद्यालयमा मात्र सवारी साधनको व्यवस्था देखिएको छ । त्यसैले इन्धन खपतकै कारण देखाएर दुई दिन बिदा दिन हुँदैन ।’



    उनले दुई दिन बिदा दिँदा पठनपाठन, परीक्षालगायत सबै विषयमा समस्या पर्ने बताए । एन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले पाठ्यभारको विषयमा निर्णय नगरी दुई दिन बिदा दिने निर्णय गर्नु उचित नभएको धारणा राख्दै भने– ‘सरकारले यस्तो निर्णय गर्दा छलफल गरेर मात्र गर्नुपर्छ । हचुवाको भरमा सरकारी कार्यालयजस्तो शिक्षण संस्थाको मूल्याङ्कन गर्नु उचित हुँदैन ।’ नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार