Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी कमान्ड सेन्टरमा आक्रमण, दुई सय रुसी फौज मारेको युक्रेनको दाबी

एजेन्सी । युक्रेनी अधिकारीहरूले शनिवार साँझ पूर्वी इज्युम सहरस्थित महत्वपूर्ण रुसी कमान्ड सेन्टरमा आक्रमण गरेर करिब दुई सय रुसी फौज मारेको दाबी गरेका छन् ।

आक्रमणमा मेजर जनरल आन्द्रेइ सिमोनोभ मारिएको तर रुसी सेनाका जनरल स्टाफ प्रमुख जनरल भ्यालेरी गेरासिमोभमाथि गरिएको प्रहार चुकेको पनि युक्रेनी अधिकारीको भनाइ छ ।

जनरल गेरासिमोभले हालै मात्र उक्त हवाइ सेना कमान्ड सेन्टरको गोप्य भ्रमण पूरा गरेका थिए । सुरुमा हमलामा उनी पनि घाइते भएको अपुष्ट खवर बाहिरिएको थियो ।

दुईजना अमेरिकी अधिकारीले गेरासिमोभ केही दिन देखि पूर्वी युक्रेनमा रहको दि न्युयोर्क टाइम्सलाई बताएका छन् । उनको यो भ्रमणलाई अपत्यारिलो बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077