Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयोगले गर्यो शशांक कोइराला र कांग्रेसलाई सचेत गराउने निर्णय

काठमाडौँ । निर्वाचन आयोगले कांग्रेस नेता शशांक कोइरालाले निर्वाचन आचारसंहितामाथि अनास्था फैलाएको बताएको छ।

कोइरालाले सार्वजनिक रुपमा प्रतिनिधिसभाको अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि आयोगले उनलाई पत्र काट्दै स्पष्टिकरण सोधेको थियो ।

कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाएका थिए ।

तर उनले त्यसभन्दा बढी खर्च भएको बताएपछि आयोगले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा पनि चित्तबुझ्दो जवाफ नपाएपछि आयोगले कोइराला र उनको दल कांग्रेसलाई सचेत गराउने निर्णय गरेको हो ।

सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले नेता कोइरालाले दिएको अभिव्यक्ति 'आचारसंहिताको मूल आधारमाथि नै अनास्था पैदा हुने देखिएको' बताउँदै आगामी दिनहरूमा यस्ता अभिव्यक्ति नदिन सचेत गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077