Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको आरोप - कमिसनको लोभमा अर्बौंको औषधि खरिद गर्ने तयारी भइरहेको छ

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकार कमिसनको लोभमा अर्बौ रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने तयारी गरिरहेको आरोप लगाएका छन् ।

मे दिवसको सन्दर्भ पारेर आइतबार हेटौंडामा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै ओलीले सरकारले चुनावको मुखमा कमिसनको लोभमा फसेर स्वास्थ्य सामग्री खरिद गर्न लागेको बताए ।

‘अर्बौंको औषधि, सिटी स्क्यान, एक्स(रे मेसिन खरिद गर्ने तयारी भइरहेको छ । कुनै अस्पताल, डाक्टरलाई चाहिएर खरिद गर्न लागिएको होइन । कमिसन चाहिएर खरिद गर्न लागिएको हो ।’

उनले स्वास्थ्यमन्त्री विरोध खतिवडाप्रति लक्षित गर्दै २४ लाख कोरोना भ्याक्सिन हराएको विषयमा समेत टिप्पणी गरे । ‘२४ लाख भ्याक्सिन निल्यो । अब अर्बौको औषधि खरिद हुँदैछ’उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077