Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याल नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा राजु अर्याललाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र एआईजी अर्याललाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त आईजीपी अर्यालले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।

३० वर्षे सेवाअवधिका कारण हालका आईजी पुष्पराम केसीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा अर्याललाई बढुवा गरिएको हो ।

अर्याल केही दिन अघि मात्र एआईजीमा बढुवा भएका थिए । उनी आईजीपीका लागि एक्ला दाबेदार थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077