Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • वडाध्यक्षका उम्मेदवार बराल घरदैलो अभियानमा ब्यस्त, यस्ता छन् प्रतिवद्धता

    वडाध्यक्षका उम्मेदवार बराल घरदैलो अभियानमा ब्यस्त, यस्ता छन् प्रतिवद्धता

    अनलाइन नेपाल
  • आइतबार, १८ बैशाख २०७९
  • 1.6K
    SHARES

    पोखरा। नेपाली कांग्रेसबाट पोखरा महानगरपालिका वडा नं.१३ को अध्यक्षमा उम्मेदवारी दिएका किरण बराल अहिले घरदैलो कार्यक्रममा ब्यस्त छन् । कांग्रेस नेता बराल ‘देख्ने, सुन्ने, भन्ने र गर्ने वडा प्रशासन, युवा नेतृत्वमा स्वावलम्बी अर्थतन्त्र र सुशासन’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएका बरालले आफूले विदेशमा सिकेको सीप र अध्ययन वडाको विकासका लागि खर्चिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    युवादेखि सम्पूर्ण उमेर समूहका नागरिकका समस्यालाई वडाबाट व्यवस्थित तरिकाले सम्बोधन गर्दै नमुना वडाका रूपमा विकास गर्ने उनको योजना रहेको छ ।



    वडाध्यक्षका उम्मेदवार बरालले फोहोर र प्रदुषित शहरलाई सफा र हराभरा बनाउने योजना समेत अघि सारेका छन् । उनले भनेका छन्–‘हरीत शहर हरित अर्थतन्त्र, सफा सडक फोहोरलाई मोहोर हाम्रो मन्त्र ।’



    देशबाट पलाएन हुन लागेका युवाहरुलाई आफ्नै देशमा रोजगार सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताउँदै उनले पोखरा महानगरपालिका भित्रका ३३ वडामध्ये १३ नम्वर वडालाई नमुना वडा बनाउने दावी गरेका छन् ।

    त्यसैगरी बराल अहिले ‘वडा प्रशासनमा सहज पहुँच’, ‘प्रविधिमैत्री वडा हाम्रो प्राथमिकता,’ मतदाता र करदाताको उचित सम्मान’, ‘सुरक्षित भविश्यको लागि सामाजिक सुरक्षा कार्यक्रम’, ‘उज्ज्वल भविश्यको पूर्वधार, शिपमुलक गुणस्तरीय शिक्षा प्रमुख आधार’ जस्ता लोकप्रिय नाराका साथ उनी घरदैलो अभियानमा ब्यस्त छन् ।

    विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय नेता बराल अस्ट्रेलियाबाट अध्ययन सकेर नेपाल फर्किएका हुन् । उनले अष्ट्रेलियामा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्दै वडालाई नमूना वडा बनाउने बाचा गरेका छन् । युवा नेता बरालको उक्त प्रतिवद्धताका कारण स्थानीयले उनालाई विश्वास गरेको वडाबासीहरु नै बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार