Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आगामी चुनावमा एमाले तीनै तहका सरकारमा पुनःस्थापना हुन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तीनै तहको सरकारमा पुनःस्थापना हुने दाबी गरेका छन्।

मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमिकहरुलाई शुभकामना सन्देश दिँदै ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन तथा आगामी संसदीय निर्वाचनबाट एमाले पुनः तीनै तहका सरकारमा पुग्ने जिकिर गरेका हुन् ।

‘संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा (एमाले) लाई सरकारबाट हटाइयो।

यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्‍यायो,’उनले सन्देशमा भनेका छन्,‘सामाजिक परिवर्तन, आर्थिक विकास र सुनिश्चित श्रम जीवन निर्माणको हाम्रो गन्तव्यमा परमादेशको दुश्प्रयासले अल्पविराम लगाए पनि यसले हाम्रा पाइलाहरुलाई सधैंका लागि रोक्न सक्ने छैन।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077