Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : राजस्थानलाई ५ विकेटले हराउँदै मुम्बईको पहिलो जित

एजेन्सी । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेकोे छ । मुम्बईमा गएराति राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित हात पारेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

यस जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हार व्यहोरेपछि नवौं खेलमा जीत निकालेको हो ।

मुम्बई पुछारमै रहेको छ । राजस्थान दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077