Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाममा ओली र नेपालको पार्टीबीच गठबन्धन

धनगढी । केपी शर्मा ओलीसँगको विवाद नमिलपछि नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपालको पार्टीले पुनः ओलीकै पार्टी नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

अछामको मेल्लेख गाउँपालिकामा नेकपा एमाले र एमालेबाटै फुटेको एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको हो ।

मेल्लेखमा सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादी केन्द्रले आफूलाई अलग गरेपछि समाजवादीले एमालेसँग तालमेल गरेको हो ।

दुई दलबीचको सहमतिपछि मेल्लेखमा अध्यक्षमा एमालेका भीमबहादुर खड्का र उपाध्यक्षमा एकीकृत समाजवादीकी समिता महर साउदलाई साझा उम्मेदवार बनाइएको छ ।

समाजवादीबाट अध्यक्षमा मनोनयन दर्ता गरेका डम्बर नेपाली र एमालेबाट उपाध्यक्षमा उम्मेदवार एमालेकी चन्द्रा बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

८ वटा वडा रहेको मेल्लेखमा एमालेले ७ र एकीकृत समाजवादीले एउटा वडा सहमति गरेका छन् । तर वडाध्यक्षमा मनोनयन दर्ता गरेका दुवै पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

मेल्लेख नेकपा एमालेका प्रदेश कमिटी सदस्य कृष्णप्रसाद जैशी र एकीकृत समाजवादीकी प्रदेश कमिटी सदस्य तथा पूर्व मन्त्री मनाकुमारी साउदको गाउँपालिका हो भने एमाले नेता भीम रावलको गृह जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077