Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशभरका करिव आठ हजार जनाले उम्मेदवारी फिर्ता लिए : निर्वाचन आयोग

काठमाडौं । ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्् ।

निर्वाचन आयोगका अनुसार करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजार जनाले फिर्ता लिएका हुन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिएको बताए ।

प्रवक्ता पौडेलले भने–‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ ।’

शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077