Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : लखनउसँग पञ्जाब २० रनले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई पराजित गरेको छ ।

पुणेमा शुक्रबार राति भएको खेलमा लखनउले पञ्जाबलाई २० रनले पराजित गरेको हो ।

लखनउले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । लखनउको यो छैटौँ जित हो ।

लखनउ अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउको ९ खेलमा १२ अङ्क छ । सातौँ स्थानमा रहेको पञ्जाबको ९ खेलमा ८ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077