Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • स्थानीय तह निर्वाचन : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग

    स्थानीय तह निर्वाचन : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै निर्वाचन आयोग

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

    निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज निर्वाचनमा सहभागी दल तथा स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो ।



    हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको आयोगले आज चुनाव चिह्न प्रदान गर्दै छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले उमेदवार मनोनयन, उजुरीमाथि जाँचबुझ, मनोनयन फिर्ता कार्यक्रम सकेर हिजो उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो ।



    अब नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार