Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेन युद्ध : रुसी क्षेप्यास्त्र आक्रमणबाट युक्रेनी पत्रकार भिरा हिरिचको मृत्यु

एजेन्सी । रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्रबाट एक युक्रेनी महिला पत्रकारको मृत्यु भएको छ ।

युक्रेनको राजधानी कीभमा बिहीवार भएको आक्रमणमा अमेरिकी लगानीमा सञ्चालित युक्रेनको रेडियो लिबर्टीकी ५५ वर्षीया पत्रकार भिरा हिरिचको मृत्यु भएको हो ।

रुसले बिहीबार प्रहार गरेको दुईमध्ये एक क्षेप्यास्त्र पत्रकार भिराको घरमा खसेको थियो । भग्नावशेषबाट उनको शव निकालिएको हो । रेडियो स्टेसनका अनुसार उनी हसिलो, दयालु र व्यावसायिक पत्रकार थिइन् ।

यस्तै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ताका लागि कीभको भ्रमणमा रहेका बेला रुसी क्षेप्यास्त्र आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077