Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : स्वतन्त्र र कुन दलको उम्मेदवार कति ?

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको दलगत विवरणको सूचि सार्वजनिक गरेको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएको सूचि आयोगले सार्वजनिक गरेको हो ।

यस्तै उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी समेत परेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले सबै पदमा गरी ३३ हजार ५०३ जना उम्मेदवार उठाएको छ ।

यस्तै काँग्रेसले ३१ हजार ४२५ तथा माओवादी केन्द्रले २२ हजार २७९ जना उम्मेदवार उठाएको छ । जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाउँदा लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार उठाएको छ । स्वतन्त्र हैसियतमा १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता गराएको आयोगले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।

दलहरुले विभिन्न पदमा दर्ता गराएको उम्मेदवारको यस्तो छ तथ्याङ्क :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077