Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महामन्त्री शर्माको ओलीलाई सुझाव-'राजनीतिक संस्कार सिक्न मदन भण्डारी नामक किताब पढ्नुस्'

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न सुझाव दिएका छन् ।

कांग्रेस नेताहरुप्रति लक्षित गर्दै ओलीले पागल भनेपछि महामन्त्री शर्माले राजधानीमा आयोजित एक कार्यक्रममा ओलीलाई स्वच्छ ढंगले आलोचना, टिप्पणी र बहस गर्न आग्रह गरेका हुन् ।

'मेरै जिल्लाबासी, जो बालकोटमा बस्नुहुन्छ। यो देशको प्रधानमन्त्री भइसक्नुभएको छ। उहाँले विपक्षीप्रति गर्ने टिप्पणी, आफ्नै पार्टीको विपीक्षहरुसँग गरेको व्यवहार, फरक विचार राख्नेसँग गरेको व्यवहार देखेर भन्न मन लाग्छ,' उनले भने,'उहाँले कांग्रेसबाट केही सिक्नु पर्दैन। मदन भण्डारी नामक पुस्तक पढ्नुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ।'

उनले विपक्षी दलको रुपमा बोल्दै गर्दा वा प्रधानमन्त्रीको रुपमा बोल्दैगर्दा अर्को पार्टीको सभापतिको बारेमा भद्दा टिप्पणी गरेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077