Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौंको मेयर पदका उम्मेदवार स्थापितको बचाउ गर्न बहसमा उत्रिए ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएका केशव स्थापितको बचाउ गरेका छन् ।

ओलीले चुनावका बेला आफूले चयन गरेका पात्रलाई तल झर्न नियतवस षड्यन्त्र हुने बताएका हुन् । उनले स्थापित काठमाडौंको मेयरका लागि उपयुक्त र अनुभवी उम्मेदवार भएकाले उठाएको जिकिर गरे ।

‘चुनावका बेला अनेक मुद्दा उठाइन्छ,’ एमालेको काठमाडौं महानगर कमिटीले राखेको कार्यक्रममा ओलीले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा ।’

ओलीले महिलाको अस्मिताको रक्षा, हकअधिकार र सुरक्षाको सवालमा एमाले जति सहज अरु कोही नभएको समेत दाबी गरे ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयरका उम्मेदवार स्थापित एक सहभागीको प्रश्नमा गैरजिम्मेवारीपूर्ण उत्तर दिँदै आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077