काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घोषणापत्रको बहसमा आउनेलाई स्वागत गर्ने बताएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बालकोट गएर ट्युसन पढाउने अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापातर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।
उनले ट्युसन क्लास दिन आउने गगनलाई नयाँ र सिकारु नेता भिडाउने बताए । उनले भने,‘कोही ट्युसन क्लासहरु चलाउन तयार छन् भने हाम्रो लागि ठूलो कुरा होइन । भर्खर भर्खर पास गरेका थुप्रै जना छन्। हामी भिडादिउँला। हामी बहस गराइदिँउला।’
उनले नेपाली कांग्रेसको विचार शून्य रहेको भन्दै वैचारिकरुपले कुहिराको काग भएको बताए । अध्यक्ष ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको बताए । उनले मिटुको कुनै जवाफ नभएको बताए ।
Leave a Reply