Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले सुरु गरेका हौ, ओलीले हैन - अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता आफूहरुले सुरु गरेको दाबी गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले २०५१ सालमा केपी ओलीले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरेका हुन्।

‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं,’ उनले भने, ‘अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्‍यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो ।’

ओली सरकारमा हुँदा भ्रष्टाचार गर्ने काम मात्र गरेको उनको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077