Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसले युक्रेनमा नरसंहार गरेको क्यानेडीयन संसदको दाबी

एजेन्सी । युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहारको संज्ञा दिएका छन् ।

बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले मस्काले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको दाबी गरेका छन् ।

क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानि र बलात्कार जस्ता घटनाहरू समावेश छन् ।

यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077