Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • युक्रेनसँगको वार्ता अगाडि बढाउन रुस तयार, युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी

    युक्रेनसँगको वार्ता अगाडि बढाउन रुस तयार, युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी

    अनलाइन नेपाल
  • बिहिबार, १५ बैशाख २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउने भएका छन् । रुसको भ्रमण गरेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि रुस तयार रहेको बताएका हुन् ।

    भेटवार्तापछि दुवै जनाले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँगको रुसको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको बताए ।



    उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटक-पटक वार्ताहरू पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दावी गरे ।



    रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा हुँदासम्म पनि युद्ध अन्त्यको लक्षण नदेखिएपछि राष्ट्रसंघीय महासचिवले रुस भ्रमण गरेका हुन् ।

    पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले रुसी विदेशमन्त्री लाभ्रोभसँगको वार्ता सकारात्मक र उपलब्धीमूलक भएको भन्दै चाँडै नै शान्ति प्रक्रिया अगाडि बढ्ने विश्वास गरेको बताए । उनले लगत्तै युक्रेनको पनि भ्रमण गर्ने तालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार