Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजु अर्यालले लगाए एआईजीको दर्ज्यानी चिन्ह

काठमाडौं । सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आईजीपी पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा आईजीपी केसीले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले अर्याललाई पदोन्नति गरेको बताए ।

२०५४ साल चैत्र १८ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ मा सशस्त्रमा आएका हुन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077