Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जर्मनीद्धारा युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांक सहयोग गर्ने घोषणा

एजेन्सी । रुससँग लडिरहेको युक्रेनलाई जर्मन करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरू सहयोग गर्ने भएको छ ।

युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका बर्लिनको सो निर्णय आएको हो ।

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077