Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीमा ३ हजार २ सय ३ जनाले गराए उम्मेदवारी दर्ता

सप्तरी । यहि बैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सप्तरीबाट ३ हजार २ सय ३ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जिल्लमा १८ वटा स्थानीय तह मध्ये ९ वटा नगरपालिकाका प्रमुखमा ६४ जनाले विभिन्न दल तथा स्वतन्त्रबाट मनोनयन पत्र दर्ता गराएका हुन् । त्यसैगरी उपप्रमुख पदका लागि ४५ जनाले मनोनयन पत्र दर्ता गराए ।

यस्तै ९ वटा गाउँपालिकाको अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्, भने उपाध्यक्ष पदका लागि ५३ जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

वडाध्यक्षका लागि ७२१, महिला सदस्यमा ५५६, दलित महिला सदस्यमा ५४० र सदस्यमा १ हजार १ सय ३८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077