Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरीमा पहिलो दिन ७५५ जना उम्मेदवारको मनोनयन दर्ता

सप्तरी । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि सप्तरीमा पहिलो दिन ७५५ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

१८ वटा पालिकाको मेयर पदमा १८, उप मेयरमा १३, पालिका अध्यक्षमा २३, उपाध्यक्षमा २०, वडाध्यक्षमा १७०, सदस्यमाा २७१, महिला सदस्यमा १३६, दलित महिला सदस्यमा १२५ जनाले मनोनयन दर्ता गराएका हुन् ।

अग्निसाईर कृष्णासवरन गाउँपालिकामा २६ जना, कञ्चनरुप नगरपालिकमा १५, खडक नगरपालिकामा ६२, छिन्नमस्ता गाउँपालिकामा ६२, डाक्नेश्वरी नगरपालिका ५२, तिरहुत गाउँपालिकामा ३९ र बोदे बर्साईन नगरपालिकामा ८२ जनाले विभिन्न पदका लागि मनोनयन दर्ता गराए ।

यसैगरी महदेवा गाउँपालिकामा ७३, राजविराज नगरपालिकामा ८८, रुपनी गाउँपालिकामा ३३, बलान बिहुल गाउँपालिकामा ३०, विष्णुपुर गाउँपालिकामा ९६, शम्भुनाथ नगरपालिकामा २३, सप्तकोशी नगरपालिकामा १, सुरुङ्गा नगरपालिकामा ४६ र हनुमाननगर कंकालिनी नगरपालिकामा १४ जनाले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार राजगढ गाउँपालिकामा पहिलो दिन भने कुनै पनि मनोनयन दर्ता भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077