Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युद्धमा थप दुई रुसी जनरल मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनी सेनाले थप दुई रुसी जनरल युद्धमा मारिएको दाबी गरेको छ । युक्रेनले दक्षिणपूर्वी खेरसन क्षेत्रमा भएको युद्धका क्रममा दुवै जनरल मारिएको जनाएको छ।

रुसको ‘४९ जनरल आर्मी’ का तेस्रो जनरल पनि गम्भीर घाइते भएका छन् ।

साथै एक मोबाइल कमाण्ड सेन्टर पनि नष्ट भएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

दोस्रो विश्वयुद्धपछिको अन्य द्वन्द्वमा भन्दा रुस र युक्रेनबीचको युद्धमा धेरै रुसी सेनापतिको मृत्यु भएको पश्चिमी विज्ञहरू बताउँछन् ।

विज्ञहरूले यसलाई पूर्वतयारीको अभावको रूपमा हेर्छन्, जसका कारण उनीहरूले ज्यान गुमाउने ठाउँहरूमा वरिष्ठ अधिकारीहरू खटाउनु परेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077