Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्थानीय तह निर्वाचन : गृहमन्त्री खाँणले लिए मनोनयनका बेलाको सुरक्षा प्रबन्धबारे जानकारी

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयमा अप्रत्याशित घटना रोक्न सुरक्षा तयारीबारे जानकारी लिएका छन् । शनिवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका हुन् ।

गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला हुन सक्ने अप्रत्यासित घटना रोक्न गरिएको सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिए ।

मन्त्री खाणले शनिबार दिउँसो नेपाली प्रहरीका निर्वाचन हेर्ने प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा तथा सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमसँग जानकारी लिएका हुन् ।

उनीहरुले आफूहरुले उम्मेदवारको मनोनयनका बेला हुने अप्रत्यासित घटनाबारे सतर्क र चनाखो भएर रणनीति बनाउँदै तयारी गरेको जानकारी मन्त्री खाणलाई दिएका थिए।

मन्त्री खाणले पनि पूर्ण रुपमा तयारी भएको जानकारी आफूले पाएको बताए। स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनको वैशाख ११ र १२ मा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077