Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावको मुखमा एमालेका नेता इस्लाम माओवादी प्रवेश

सप्तरी । निर्वाचन मनोनयन दर्ताको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी एमालेका मधेस प्रदेश कमिटी सदस्य मो. इस्लाम नेकपा माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको छ ।

उनले शनिबार माओवादी केन्द्र सप्तरीका नेता कार्यकर्ताले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य पद छाडी मो. इस्लाम माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नव प्रबेशीलाई माओवादी केन्द्रका सप्तरी जिल्ला ईन्चार्ज अमर मंडल, प्रदेश कमिटी सदस्य महेश यादव, छेडी रजक जिल्लाका शिर्ष नेता भागवत यादव दिलिप यादव, असर्फी सदा लगायतका नेताकार्यकर्ताहरूले सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077