Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव लड्न २० शिक्षकले दिए राजीनामा

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीयत हको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै २० जना शिक्षकले जागिरबाट राजीनामा दिएकाे शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख नेत्रप्रसाद गजुरेलले बताए।

देवि आधारभुत विद्यालय मानेभञ्ज्याङ, कालिका आधारभुत विद्यालय आहाले, सरस्वती आधारभुत विद्यालय रावादोलु, जेसे माध्यमिक विद्यालय पात्ले, बालज्योती माध्यमिक विद्यालय चित्रे र जन्तरखानी माध्यमिक विद्यालय जन्तरखानका शिक्षकहरूले दिएकाे राजीनामा स्वीकृत भएको ईकाइ प्रमुख गजुरलले जानकारी दिए।

यस्तै हिमगंगा माध्यमिक विद्यालय रावादोलु, हर्कपुर माध्यमिक विद्यालय मानेभञ्ज्याङ, कालिका आधारभुत विद्यालय चुहानछाप र कालिका आधारभुत विद्यालयका भालुथुम्काका शिक्षकहरूले दिएकाे राजीनामा पनि स्वीकृत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077