Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनलाई थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

एजेन्सी । अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका हुन् ।

८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनको युद्ध सुरु भएयता तीन सय करोड डलर बराबरको सैनिक सहायता दिइसकिएको बताइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेको बताए । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो ।

रुसले बिहीवार युक्रेनको मारिओपोल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077