Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धनको निर्णय नमान्ने नेता, कार्यकर्तामाथि निगरानी हुन्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन दलको निर्णय नमान्ने नेता, कार्यकर्तालाई कारबाही गरिने चेतावनी दिएका छन् ।

गृहजिल्ला रुपन्देहीको रुपन्देहीको मणीग्रामस्थित आफ्नै निवासमा बुधबार आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले चुनावमा गठबन्धन दलबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई नभएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीलगायतका अन्य केही दलले निर्वाचनमा पहिलो पटक भग लिने बताउँदै उनले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको बताए।

'आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेहरुलाई कारबाही गरिने छु,'उनले भने,'निर्वाचनमा गठबन्धनबीच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लङ्घन गर्ने छुट कसैलाई छैन।'

राजनीतिक दलहरुको गठबन्धनबाटै यो सरकार बनेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077