Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बल्ल सञ्चालनमा आयो बिपी राजमार्ग

काठमाडौं । बुधबार बिहानैदेखि अवरुद्ध भएको बिपी राजमार्ग सञ्चालनमा आएको छ ।

स्थानीय ३९ वर्षीय विजय मुक्तानको मृत्युका विषयलाई लिएर आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए ।

मङ्गलबार कमलामाई नगरपालिका–२ निवासी विजयलाई निबुवाटारमा प्रदेश ३–०१–०३६ प १४१९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो ।

घाइते भएका विजयलाई सिन्धुली अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको थियो।

प्रहरीले मृतकका आफन्तलाई छलफलमा आउन आग्रह गरेकामा छलफलमा नआई बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–२ पीपलभञ्ज्याङमा राजमार्ग अवरुद्ध गरेपछि घटनास्थलमा गएको प्रहरी टोलीलाई स्थानीयले आक्रमण गरेका थिए ।

स्थानीयको आक्रमणबाट १४ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई प्रहरी अस्पताल काठमाडौँमा पठाइएको र ११ जना उपचारपछि घर पर्किएका छन् भने दुई जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077