Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्वारा युक्रेनमाथि नयाँ चरणको आक्रमणको घोषणा

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमणको नयाँ चरण सुरु भएको घोषणा मंगलबार गरेको छ ।

लुहान्स्क र दोनेस्क कब्जा गर्ने उदेश्यले आक्रमण सघन बनाइएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।

यससँगै युक्रेनी निसानाहरुमा रुसले क्षेप्यास्त्र वर्षा गर्न थालेको खबर छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले यो समग्र सैन्य कारबाहीको महत्वपूर्ण क्षण भएको बताए ।

पछिल्लो समय सार्वजनिक रुपमा कम देखिँदै आएका रक्षामन्त्री सेर्गेइ सोइगुले भने रुसी फौजले ‘दोनेस्क र लुहान्स्क मुक्त गर्ने योजना पुरा गरिरहेको’ बताए।

मार्च अन्तिममा राजधानी किभ क्षेत्रबाट फौज गरेपछि रुसले आफ्नो प्रमुख योजना दोनेस्क र लुहान्स्क कब्जा गर्नु रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077