Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यालय हेटौंडामा कांग्रेसकै कार्यकर्ताले लगाए ताला

हेटौंडा । कांग्रेसको एक समूहले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् ।

बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु थिए ।

उनीहरुले गठबन्धनका कारण पार्टीले पाउने महत्वपूर्ण पद गुमाउनुपर्ने भन्दै गठबन्धन गर्न नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077