काठमाडौं । निलम्बत गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।
निलम्बन फुकुवाको माग गर्दै गभर्नर अधिकारीले सर्वाेच्च अदालतमा रिट दागर गरेका थिए । सरकारले छानबिन समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारीले आइतबार सर्वोच्च पुगेका थिए ।
रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो।
अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्।
Leave a Reply