Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले छाडेर दुई गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । डोल्पाका दुई जना गाउँपालिका अध्यक्षले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

०७४ मा एमालेबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा निर्वाचित अंगतकुमार राना र सेनाङ गुरूङले पार्टी छाडेका हुन्।

काईके गाउँपालिका अध्यक्ष राना र छार्का ताङसोङ गाउँपालिका अध्यक्ष गुरूङ्क माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि एकीकृत समाजवादीमा प्रवेश गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077