Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • त्रिभुवन विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

    त्रिभुवन विश्वविद्यालयमा तीन महिनादेखि तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, ६ बैशाख २०७९
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुषालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको छ ।

    सरकार आबद्ध नेपाल विद्यार्थी संघले माघ ६ गते तीनैजना पदाधिकारीको कार्यकक्षमा गरेको तालाबन्दी अझै खुलेको छैन । तर, ती कार्यालयको काम भने रोकिएको छैन ।



    तालाबन्दी भएको एक महिनासम्म त कर्मचारीहरू तलब नखाइकन घरमै बसेका थिए । तालाबन्दी लम्बिदै गएपछि पदाधिकारीको निर्देशनमा सबै कर्मचारीले चोरबाटो प्रयोग गरेर काम गर्न थालेका हुन् ।



    एक कर्मचारीले भने– ‘मूल गेटमा तालाबन्दी भएर के गर्नु ? हामी त पछाडिको ढोका प्रयोग गरेर काम गरिरहका छौं ।’ ती कर्मचारीका अनुसार त्रिविका तीन पदाधिकारीहरू भने कहिले पुल्चोक त कहिले परीक्षा नियन्त्रण कार्यालय, सिनासलगायतका निकायमा बसेर सुटुक्क काम गर्न थालेका छन् ।

    त्रिविका पदाधिकारीको अक्षमताका कारण तालाबन्दी भएको तीन महिना भइसक्दा पनि एमाले र माओवादी कोटाबाट नियुक्ति भएका पदाधिकारीले ताला खोल्ने विषयमा कुनै वास्ता गरेका छैनन् । नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार