Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्डकी बुहारी पोखरा महानगरपालिकाको उपप्रमुखको उम्मेदवारमा सिफारिस

पोखरा । नेकपा माओवादी केन्द्रको पोखरा महानगर कमिटीले सिर्जना त्रिपाठीलाई महानगरपालिकाको उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।

महानगर कमिटीको सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य त्रिपाठी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् ।

पोखरा–२५ हेमजा माइती भएकी उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डी’की बुहारी हुन् । उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय छन् ।

कमिटीले पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ भने उपप्रमुखमा त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको छ ।

महानगरको प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् भने लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् ।

उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077