काठमाडौं । स्थानीय तहको निर्वाचन र गठबन्धनका विषयमा नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने भएको छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा पत्रकार सम्मेलन आयोजना हुन लागेको बताइएको छ ।
अध्यक्ष दाहालले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी दिने छन् ।
Leave a Reply