Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्रका डीआईजी राजु अर्याल एआइजीमा बढुवा सिफारिस, १९ बैशाखपछि आईजीपी बन्ने पक्का

काठमाडौं । सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

आइतबार बसेको बढुवा समितिको बैठकले डीआईजी अर्याललाई एआईजीमा बढुवाको सिफारिस गरेको हो ।  अर्याल बरियतामा एक नम्बरमा रहेका थिए।

बढुवा समितिकाे सिफारिस अनुसार मन्त्रिपरिषद्ले एआईजीमा बढुवा  गर्नेछ ।

अर्याल एआइजीमा बढुवा सिफारिस भएसँगै १९ बैशाखपछि उनी सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी हुने  पक्का भएको छ ।

सशस्त्र आईजीपी पुष्पराम केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

राजु अर्यालसँगै नारायण दत्त पौडेल र चन्द्रप्रकाश (सीपी) गौतम पनि बढुवाका मुख्य प्रतिस्पर्धी थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077