Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछाममा एमालेकाे उम्मेदवारी सिफारिस प्रक्रिया जारी

अछाम । आसन्न स्थानीय तहको निर्वाचनका लागि अछाममा उम्मेदवारी सिफारिसको प्रक्रिया चलिरहेको छ ।

जिल्लाका विभिन्न पालिकाबाट सिफारिस भएर छनोटका लागि जिल्लामा पठाइएको छ भने जिल्लाले पनि उम्मेदवार छनोटका लागि प्रदेशमा पठाउने तयारीमा छन् ।

जिल्लाका केही पालिकाबाट नेकपा एमालेले सहमतिको आधारमा सर्वसम्मत उम्मेदवार छनोट गरेर जिल्लामा पठाएकाे छ ।

जिल्लाका १० वटा स्थानीय तहबाट नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको लागि नाम सिफारिस गरेर जिल्लामा आइसकेकाे र छलफलको माध्यमबाट टुंगो लगाउने प्रयास भइरहेको जिल्ला सचिव भीम रावलले जानकारी दिए ।

उनका अनुसार बाँकी उम्मेदवावारकाे छनोटका लागि प्रदेशमा सिफारिस गर्ने तयारी भइरहेको र केही पालिकामा सर्वसम्मत सिफारिसका लागि नियमित बैठक जारी रहेका उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077